बैंकहरुमा ४ अर्ब लगानी गर्दै राष्ट्र बैंक, मंसिर १९ गतेसम्म आवेदन दिन सकिने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकहरुमा ४ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ। राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको ४ अर्ब ४ करोड ७९ करोड रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपका रुपमा लगानी गर्ने भएको हो ।

राष्ट्र बैंकले क वर्गका वाणिज्य बैंकमा ३ अर्ब २३ करोड ८५ लाख रुपैयाँ, ख वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ६० करोड ७१ लाख रुपैयाँ र ग वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा २० करोड २३ लाख रुपैयाँ लगानी गर्ने भएको हो ।

त्यस्तै, मुद्दति निक्षेप लिन चाहने बैंकहरुले मंसिर १९ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ। यस्तो मुद्दति निक्षेप २०२४ डिसेम्बर १६ देखि २०२५ डिसेम्बर १६ सम्म ३६६ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्