PRABHU BANK

कामना सेवा विकास बैंकले सम्पन्न गर्यो वित्तीय साक्षरतामुलक कार्यक्रम

काठमाडौँ । कामना सेवा विकास बैंकले वित्तीय साक्षरतामुलक प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न कार्यक्रम अन्तर्गत सोमबार वित्तीय साक्षरतामुलक प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको हो ।

कर्जा, बचत तथा बैंकिङ सेवा सुविधा जस्ता विषय सम्वन्धी ज्ञान प्रदान गर्ने उद्धेश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो । बैंकको कर्मचारीहरुको उपस्थितीमा उक्त प्रभातफेरी कार्यक्रम बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर देखि मैतीदेवी मन्दिर, डिल्लीबजार, नक्साल भगवती मन्दिर हुँदै पुन: बैंकको केन्द्रीय कार्यालय सम्म भएको थियो ।

यस प्रभातफेरी कार्यक्रमको माध्यमबाट समुदायका सदस्यहरुलाई वित्तीय व्यवस्थापन र आर्थिक अवसरहरुको बारेमा बुझ्न मद्दत पुर्याउने बैंकले विश्वास लिएको छ । कार्यक्रममा बैंकका उच्च व्यवस्थापन, विभागिय प्रमुखहरु, शाखा प्रबन्धकहरु तथा अन्य कर्मचारीहरुको उपस्थिती थियो ।

बैंकले आफ्नो १८ औं वार्षिकोत्सवको दिन २७ गते मंगलबार देशव्यापी रुपमा रक्तदान कार्यक्रमको आयोजना गर्दैछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै