काठमाडौँ । बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन घटेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन एकैदिन २ अर्ब रुपैयाँले घटेको हो ।
कात्तिक ७ गते बैंकिङ प्रणालीमा ६६ खर्ब २६ अर्ब निक्षेप सङ्कलन भएकोमा एकैदिन २ अर्बले निक्षेप घटेर कात्तिक ८ गते ६६ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ ।
त्यस्तै, वाणिज्य बैंकहरुको निक्षेप सङ्कलन पनि ३ अर्ब रुपैयाँले घटेको छ । कात्तिक ७ गते ५८ खर्ब ९२ अर्ब निक्षेप सङ्कलन गरेका वाणिज्य बैंकले ८ गते ५८ खर्ब ८९ अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन गरेका हुन् ।
यता बैंकहरुको औसत सीडी रेसियो ७८.२७ प्रतिशत र अन्तरबैंक ब्याजदर २.८० प्रतिशत रहेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।