PRABHU BANK

बैंक खाता अरुलाई चलाउन दिएर ‘मनी म्युल’ बन्नुभएको त छैन ? सचेत रहन राष्ट्र बैंकको आग्रह…(सूचनासहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ‘मनी म्युल’ वित्तीय अपराधको बारेमा जानकारी गराएको छ । राष्ट्र बैंकको वित्तीय ग्राहक संरक्षण इकाइले वित्तीय चेतनाका लागि एक सन्देश जारी गर्दै ‘मनी म्युल’ को बारेमा जानकारी गराएको हो ।

राष्ट्र बैंकले वित्तीय अपराधमा संलग्न व्यक्तिहरूले जोकोहीको खाता प्रयोग गर्नको लागि विभिन्न माध्यमहरूबाट छिटो र आकर्षक आम्दानी हुने प्रस्तावहरू पठाई विश्वासमा पारी बैंक खाता वा वालेटको गोप्य विवरण लिने गर्ने गरेको उल्लेख गरेको छ ।

बैंकले वित्तीय अपराधमा संलग्न व्यक्तिहरूले खातामा आपराधिक कार्यबाट प्राप्त गरेको रकम जम्मा गरी सो रकम नगदमा झिक्ने वा पुन: अन्य खातामा रकमान्तर गर्ने पनि बताएको छ ।

बैंकले त्यस्ता व्यक्तिले जो कोही खाता वालालाई पनि अपराधको साझेदार बनाउन सक्ने बताएको छ । केन्द्रीय बैंकले यस्तो जालमा नपरी र यस्ता कार्यप्रति सचेत रही जिम्मेवार वित्तीय व्यवहार अपनाउन आग्रह समेत गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

development bank