prabhu

दुई महिनामा विकास बैंकहरुको नाफा १ अर्ब ६२ करोड, सबैभन्दा धेरै नाफा कमाउनेमा मुक्तिनाथ विकास बैंक

काठमाडौँ । विकास बैंकहरुले १ अर्ब ६२ करोड बढी नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको दुई महिना (साउन र भदौ)मा विकास बैंकहरुले १ अर्ब ६२ करोड ९९ लाख रुपैयाँ नाफा कमाएका हुन् ।

जसमध्य सबैभन्दा धेरै नाफा मुक्तिनाथ विकास बैंकले कमाएको छ । उक्त बैंकले ३२ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको हो ।

त्यस्तै, दोस्रोमा सबैभन्दा धेरै नाफा गरिमा विकास बैंकले कमाएको छ । उक्त बैंकले २८ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको छ।

यता, शाइन रेसुंगा बैंकले २१ करोड ५४ लाख, ज्योति विकास बैंकले १९ करोड ६२ लाख, कामना सेवा विकास बैंकले १७ करोड ६९ लाख, महालक्ष्मी विकास बैंकले १७ करोड १४ लाख, सांग्रिला डेभलपमेन्ट बैंकले १४ करोड ३० लाख रुपैयाँ र लुम्बिनी विकास बैंकले ११ करोड १८ लाख रुपैयाँ नाफा कमाएका छन् ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै