PRABHU BANK

बैंक र ऋीणीबीच विवाद बढ्दै, एक महिनामा बैंकहरुले दायर गरे ५६ मुद्दा !

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुले ऋण असुली न्यायाधिकरणमा ५६ वटा मुद्दा दायर गरेका छन् । बैंक र ऋीणीबीच विवाद बढ्दै गएपछि चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो महिनामा बैंकहरुले ऋण असुली न्यायाधिकरणमा ५६ वटा मुद्दा दायर गरेका हुन् ।

न्यायाधिकरणले सार्वजनिक गरेको विवरण अनुसार साउन महिनामा २१ मुद्दाहरुको निर्णय टुंगो लागेको छ भने २ मुद्दाहरुको मिलापत्र भएको छ ।

त्यस्तै, साउन महिनामा लगतकट्टा निर्णय भएको मुद्दाहरु २८ वटा रहेका छन् । उक्त महिनाको कुल असुली रकम १५ करोड ५९ लाख ६९ हजार तीन सय आठ रुपैयाँ रहेको तथ्यांकले देखाएको छ ।

ऋण असुली न्यायाधिकरणले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको मात्र मुद्दा लिने गर्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै