PRABHU BANK

बाढी पीडितलाई नेपाल बैंकले गर्यो दुई करोड रुपैयाँ सहयोग

काठमाडौँ । नेपाल बैंकले बाढी पीडितलाई आर्थिक सहयोग गरेको छ । बैंकले बाढी पीडितलाई सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड रुपैयाँ सहयोग गरेको हो ।

नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष डा.चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आइतबार उक्त चेक हस्तान्तरण गरेका हुन् ।

बाढी, पहिरो र डुबानका कारण प्रभावित जनताको राहतका लागि बैंकले उक्त सहयोग गरेको हो । प्रधानमन्त्री ओलीले उक्त अवसरमा लगानीकर्ता र उद्योगधन्धालाई प्रोत्साहन हुने गरी कर्जा प्रवाह गर्न र खराब कर्जाप्रति कडाइका साथ काम गर्न आग्रह गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै