PRABHU BANK

ग्लोबल आइएमई बैंकका ग्राहकलाई नेपाल मणिपाल शिक्षण अस्पतालमा छुट

काठमाडौँ । ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई नेपाल मणिपाल शिक्षण अस्पतालमा छुट हुने भएको छ । बैंकका ग्राहकहरुलाई उक्त अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा छुट हुने भएको हो ।

बैंक र नेपाल मणिपाल शिक्षण अस्पतालबीच छुट सम्बन्धी सम्झौता भएको छ । समझदारीमा बैंकको गण्डकी प्रदेश प्रमुख सुशोभन देबकोटा र अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडूविलले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता अनुसार अस्पतालले बैंकका डेबिट र क्रेडिट कार्ड एवम् बैंकको मोबाइल एप (ग्लोबल स्मार्ट प्लस) प्रयोगकर्ताहरुलाई स्वास्थ्य सेवाहरुमा न्यूनतम् १० प्रतिशतदेखि शतप्रतिशतसम्मको छुट प्रदान गर्नेछ ।

बैंकले छुट सुविधाका लागि सेवाग्राहीले अस्पतालमा उपलब्ध स्वास्थ्य सेवाहरु उपभोग गर्न बैंकको डेबिट तथा क्रेडिट कार्ड वा मोबाईल बैंकिङको प्रयोग गरी बिल भुक्तानी गर्नुपर्ने जनाएको छ ।

अस्पतालमा बैंकका ग्राहकहरुले दर्ता शुल्कमा १०० प्रतिशत, अस्पतालको सामान्य शैया शुल्कमा २५ प्रतिशत, नियमित जाँचमा १५ प्रतिशत र शल्यचिकित्सा (अपरेशन) तथा विशेष परीक्षण शुल्कमा १० प्रतिशत छुट पाउनेछन् । बैंकका ग्राहकहरुलाई डाक्टरको परामर्शमा भने कुनै शुल्क लाग्ने छैन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै