PRABHU BANK

नेपाल एसबिआई बैंकद्वारा विराटनगर महानगरपालिकालाई दुई लाख सहयोग

काठमाडौँ । नेपाल एसबिआई बैंकले विराटनगर महानगरपालिकालाई आर्थिक सहयोग गरेको छ । बैंकले स्वच्छ तथा हरियाली वातावरण प्रर्वद्धन गर्ने उद्देश्यले बरगाछी-रानी ६ लेन सडकमा बृक्षरोपण कार्याक्रमका लागि दुई लाख आर्थिक सहयोग गरेको हो ।

बैंकले दिगो विकास तथा वातावरण संरक्षण गर्ने उदेश्यले यस्ता गतिविधिहरू समय समयमा सञ्चालन गर्दै आइरहेको छ ।

त्यस्तै, बैंकका कोशी प्रदेश प्रमुख, रबिन घिमिरेले बिराटनगर महानगरपालिकाका मेयर, नागेश कोइरालालाई उक्त रकम औपचारिक रुपमा हस्तान्तरण गरेका हुन् ।

बैंकले हाल १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै