काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलले बाढी पीडितलाई आर्थिक सहयोग गरेको छ । बैंकले बाढी पीडितलाई सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको हो ।
बैंकले बाढी पीडितलाई भनेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेपनि पीडितले सो रकम भने पाइसकेका छैनन् ।
यता, बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले प्रतिकूल मौसमी परिस्थितिमा बैंकले सहयोग गरेको जनाएका छन् ।