PRABHU BANK

राष्ट्र बैंकमा रोजगारीका लागि आवेदन दिएका आवेदकहरुको कागजपत्र अपुग

काठमाडौँ । नेपाल राष्ट्र बैंकमा रोजगारीका लागि आवेदन दिएका आवेदकहरुको कागजपत्र अपुग भएको पाइएको छ । राष्ट्र बैंकले सहायक निर्देशक प्रशासन, सहायक प्रशासन र सहायक सूचना प्रविधि पदका लागि खुला प्रतियोगितात्मक परीक्षाद्वारा विज्ञापन गरिएका पदहरूमा १२ सय ४२ आवेदकहरूको अनलाइन दरखास्त फाराममा कागजात अपुग भएको पाइएको हो ।

विज्ञापन नं १२-२०८१, १३-२०८१, र १४-२०८१ अनुसार अपुग कागजात पेस गर्नुपर्ने आवेदकहरूले असोज १० गतेससम्ममा आवश्यक कागजातहरू पेश गर्नुपर्नेछ । उल्लिखित मितिभित्र आवश्यक कागजात पेश नभएमा आवेदन फाराम स्वतः अस्वीकृत हुने राष्ट्र बैंकले जनाएको छ । यो हेर्नुहोस्:

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै