PRABHU BANK

नेपाल बैंकको सञ्चालक समितिमा थानप्रसाद पंज्ञानी नियुक्त

काठमाडौँ । नेपाल बैंकको सञ्चालक समितिमा अर्थमन्त्रालयका सहसचिव थानप्रसाद पंज्ञानी नियुक्त भएका छन् । अर्थमन्त्रीस्तरीय निर्णयबाट नेपाल बैंकको सञ्चालकमा उनी नियुक्त भएका हुन् ।

पंज्ञानीले अब नेपाल बैंकको सञ्चालक समितिमा अर्थ मन्त्रालयका तर्फबाट प्रतिनिधित्व गर्नेछन्। बैंकको सञ्चालक समितिमा यसअघि अर्थमन्त्रालयकै सहसचिव उत्तरकुमार खत्री थिए ।

त्यस्तै, नवनियुक्त पंज्ञानीले पदभार ग्रहण गरिसकेको नेपाल बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै