प्रधानमन्त्रीद्वारा डिजिटल बैंकिङ कारोबारमा लाग्ने अतिरिक्त शुल्कबारे चिन्ता व्यक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल बैंकिङ कारोबारमा लाग्ने अतिरिक्त शुल्कबारे चिन्ता व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले भाद्र ३० गते बिहान सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट गर्दै साना डिजिटल बैंकिङ कारोबारमा लाग्ने अतिरिक्त शुल्कबारे चिन्ता व्यक्त गरेका हुन् । 

उनले हिजोआज फेसबुकको इन्बक्समा मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने गरेको अतिरिक्त चार्जबारे फेसबुकका साथीहरुबाट सुझावहरू आइरहेका भन्दै यस विषयमा सम्बन्धित अधिकारीसँग छलफल गर्दै गरेको उल्लेख गरेका छन् । 

प्रधानमन्त्री ओलीले भने, ‘आजभोलि हामी धेरैजसो डिजिटल माध्यमबाट रकम ट्रान्सफर गर्ने गरेका छौँ । इन्टरनेटको सहजताले होला, सानोसानो कारोबारमा पनि हामी क्यासलेस गर्न अभ्यस्त छौँ । जाजरकोटका अबिन बिकेले दैनिक रुपमा सय र पचास रुपैयाँका कारोबार दिनमा ५  र ६ पटक गर्छन् र त्यहाँ हरेक पटक लाग्ने ११ रुपैयाँ ३० पैसा चार्जले उनको दैनिक रुपमा ६० र ७० रुपैयाँ खर्च हुन्छ । यसरी महिनामा उनको दुई हजार देखि २२ समयसम्म खर्च हुन्छ ।’

उनले यो समस्या अबिनको मात्र नभइ हरेक नेपाली नागरिकको हुने गरेको भन्दै सना डिजिटल कारोबार गर्दा निशुल्क गर्ने विषयमा आफू सम्बन्धित अधिकारीसँग छलफल गरिरहेको दाबी गरेका छन् । 

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्