PRABHU BANK

बैंकहरुमा बढ्न थाल्यो कर्जाको माग, एकैदिन ८ अर्ब रुपैयाँ कर्जा प्रवाह

काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा कर्जाको माग बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थामा कर्जाको माग एकैदिन ८ अर्ब रुपैयाँले बढेको पाइएको हो ।

बैंकहरुको कुल कर्जा लगानी ५२ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी भदौ २३ गतेसम्म ५२ खर्ब ५ अर्ब रुपैयाँ रहेकोमा भदौ २४ गते बढेर ५२ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ।

यता, भदौ २४ गते बैंकहरुको कुल निक्षेप भने ५ अर्ब रुपैयाँले घटेर ६४ खर्ब ७९ अर्ब रुपैयाँमा झरेको छ । अघिल्लो दिनसम्म बैंकहरुको कुल निक्षेप ६४ खर्ब ८४ अर्ब रुपैयाँ थियो ।

त्यस्तै, बैंकहरुको औसत सीडी रेसियो बढेर ७९.०२ प्रतिशत पुगेको छ भने अन्तरबैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै