महालक्ष्मी विकास बैंकले साना तथा मझौला उद्यमहरुको वित्तीय पहुँच तथा लगानीको आधार निर्माण गर्ने

काठमाडौँ । महालक्ष्मी विकास बैंक र अध्यान्ता फण्ड म्यानेजमेन्टबीच सम्झौता भएको छ । उक्त कम्पनीहरुबीच साना तथा मझौला उद्यमहरुको वित्तीय पहुँच तथा लगानीको आधार निर्माण गर्ने सम्बन्धमा सम्झौता भएको हो ।

सम्झौता अनुसार कृषि, कृषि आपुर्ति, कृषि प्रशोधन, पर्यटन, उत्पादन, डिजिटल सेवा, हस्तकला र अन्य उत्पादनशील तथा निर्यात क्षेत्रमा रहेका साना तथा मझौला उद्यमहरुको वित्तीय पहुँच अभिवृद्धि तथा लगानीको आधार निर्माण गर्दै प्रतिस्पर्धात्मक क्षमताको विकास तथा आर्थिक प्रतिकुलताको समयमा पनि सञ्चालन सक्षमताको विकास गर्न एक आपसमा साझेदारी गर्ने सम्बन्धमा सहमति भएको हो

यस अन्तर्गत अध्यान्ता फण्ड म्यानेजमेन्टले साना तथा मझौला उद्यमहरुको वित्तीय लगानी, बजार विस्तार, व्यवसायिक विकास, वित्तीय व्यवस्थापन, व्यवसाय रणनीतिको निर्माण, अनुपालना तथा सञ्चालन दक्षता वृद्धि गर्न प्राविधिक सहयोग गर्नेछ ।

महालक्ष्मी विकास बैंकले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन तथा बैंकको नीति बमोजिम साना तथा मझौला उद्यमहरुको पुँजीको पहुँचलाई सहज बनाउन वित्तीय सेवा, प्रतीत पत्र, विदेशी विनिमय व्यवस्थापन जस्ता सेवाहरू प्रदान गर्नेछ । यसबाट देशको दीर्घकालीन आर्थिक वृद्धिमा समेत टेवा पुग्ने विश्वास लिएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्