PRABHU BANK

सिटिजन्स बैंकका ग्राहकहरुलाई सुबिसु केबल नेटमा छुट

काठमाडौँ । सिटिजन्स बैंकका ग्राहकहरुलाई सुबिसु केबल नेटमा छुट हुने भएको छ । बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूलाई सुबिसु केबल नेटको नयाँ जडानमा विभिन्‍न छुट हुने भएको हो ।

बैंक र सुबिसु केबल नेटबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी भएको छ । सो सम्झौता अनुसार बैंकका ग्राहकहरूले तीन सय एमबीपीएस ब्यान्डविथ क्षमता भएको इन्टरनेट जडान गर्दा १५ प्रतिशत तथा दुई सय एमबीपीएस र ८० एपबीपीएस इन्टरनेट जडान गर्दा ५ प्रतिशतसम्मको छुट पाउनेछन् ।

त्यस्ते, नयाँ इन्टरनेट जडान गर्न र लागू हुने छुटहरू प्राप्त गर्न ग्राहकहरूले सुबिसुको वेबसाइटमा गएर दर्ता गर्नुपर्ने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै