PRABHU BANK

कुमारी बैंकको शाखा कार्यालयमा तोडफोड, सीसीटिभी क्यामेराको फुटेज देखिने मोनिटर मात्र चोरी

काठमाडौँ । कुमारी बैंकको शाखा कार्यालयमा तोडफोड भएको पाइएको छ । बाजुराको गौमुल गाउँपालिकास्थित बैंकको शाखा कार्यालय तोडफोड भएको पाइएको हो ।

प्रहरीका अनुसार चोरी गर्नका लागि सो शाखाको कार्यलय तोडफोड भएको हो । कार्यलय तोडफोड गर्ने तीन जना पक्रानउ परेका छन् ।

पक्राउ पर्नेमा बाजुराको बडिमालिका नगरपालिका १ पिनालेखका २३ वर्षीय जनकराज उपाध्याय, वडा नम्बर ७ बस्ने २० वर्षीय किरण बिक र वडा नम्बर ४ ओलेना बस्ने २० वर्षीय सन्देश नाथ रहेका छन् ।

उनीहरुले बैंकको शाखा कार्यालय करिब २ बजे राती तोडफोड गरेका थिए । सो व्यक्तिहरुले सीसीटिभी क्यामेराको फुटेज देखिने मोनिटर मात्र लगेको प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै