PRABHU BANK

कुमारी बैंक र एनआईसी एशिया बैंकको पुँजीकोषमा दबाब

काठमाडौँ । कुमारी बैंक र एनआईसी एशिया बैंकको पुँजीकोषमा दबाब देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार हाल दुई वटा (कुमारी बैंक र एनआईसी एशिया बैंक)को पुँजीकोषमा मात्रै दबाबमा देखिएको हो ।

कुमारी बैंकको प्राथमिक पुँजी अनुपात ८.५६ प्रतिशत र एनआईसी एशिया बैंकको प्राथमिक पुँजी अनुपात ८.४४ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकको नियमानुसार वाणिज्य बैंकहरुको प्राथमिक पुँजी अनुपात कम्तीमा ८.५ प्रतिशत हुनुपर्छ । बैंकहरुको ऋण दिने क्षमता कम हुनुको कारण प्राथमिक पुँजी कम हुनु हो । गत आर्थिक वर्षको तुलनामा हाल दुई वाणिज्य बैंक बाहेक अन्यको प्राथमिक पुँजी अनुपात ९ प्रतिशत भन्दा माथि रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै