PRABHU BANK

एकैदिन ३ अर्ब रुपैयाँले बढ्यो बैंक तथा वित्तिय संस्थाको निक्षेप सङ्कलन

काठमाडौँ । बैंक तथा वित्तिय संस्थाको निक्षेप सङ्कलन बढेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कअनुसार बैंक तथा वित्तिय संस्थाको निक्षेप सङ्कलन एकैदिन ३ अर्ब रुपैयाँले बढेको हो ।

भाद्र ८ गते बैंकिङ प्रणालीमा ६४ खर्ब ४७ अर्ब निक्षेप सङ्कलन भएकोमा एकैदिन ३ अर्ब रुपैयाँले निक्षेप बढेर भाद्र ९ गते ६४ खर्ब ५० अर्ब कायम भएको छ ।

उक्त अवधिमा वाणिज्य बैंकहरुको पनि निक्षेप सङ्कलन ३ अर्ब रुपैयाँले बढेको छ । भाद्र ८ गते ५७ खर्ब २० अर्ब निक्षेप सङ्कलन भएकोमा ९ गते ५७ खर्ब २३ अर्ब निक्षेप सङ्कलन भएको छ ।

यता औसत सीडी रेसियो ७८.९६ प्रतिशतमा कायम भएको छ भने अन्तर बैंक ब्याजदर बढेर ३ प्रतिशत कायम भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै