PRABHU BANK

एनआईसी एशिया बैंक ‘बेष्ट इन डिजिटल बैंकिङ अवार्ड’ बाट सम्मानित

काठमाडौँ । एनआईसी एशिया बैंकले ‘बेष्ट इन डिजिटल बैंकिङ अवार्ड’ पाएको छ । बैंकले सेकेन्ड आइसीसी इमर्जीङ एशीया बैंकिङ अवार्ड अन्तर्गतको ‘बेष्ट इन डिजिटल बैंकिङ अवार्ड’ पाएको हो ।

‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ सेवाहरू क्रमिक रूपले डिजिटल माध्यममा रूपान्तरण गरिरहेको यस बैंकलाई प्राप्त उक्त पुरस्कारले डिजिटल बेंकिङमा अझ बढी उत्प्रेरणा प्रदान गरेको छ ।

इन्डियन चेम्बर अफ कमर्सको सेकेन्ड आइसीसी इमर्जीङ एशिया बैंकिङ अवार्डअन्तर्गत २०२४ अगष्ट २३ मा भारतको नयाँ दिल्लीमा आयोजना गरिएको ‘बैंकिङ कन्क्लेभ २०२४’ कार्यक्रममा यस बैंकलाई उक्त अवार्ड प्रदान गरिएको थियो ।

यस अवार्डमा बिमस्टेक अन्तर्गतका राष्ट्रहरू नेपालसहित भारत, श्रीलङ्का, भुटान, म्यानमार लगायतका देशहरूका बैंकहरुले प्रतिस्पर्धा गरेका थिए । यी देशका बैंकहरुले विभिन्न आठ विधामा प्रतिस्पर्धा गरेका थिए, जसमा नेपालबाट यस बैंकले उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो ।

सो अवार्डमा उत्कृष्ट बैंक छनौट गर्नका लागि इन्डियन च्याम्बर अफ कमर्स अन्तर्गतको आर्थिक मामिला तथा नीति विभागले विभिन्न १७ वटा सूचकहरू निर्धारण गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै