DISH HOME

पोखरा फाइनान्सले पठायो आफ्नो सेयरधनीको हितग्राही खातामा बोनस सेयर

Pokhara Finance
  • बैंकिङ संसार
पोखरा । पोखरा फाइनान्स लिमिटेडले आफ्नो सेयरधनीको हितग्राही खातामा बोनस सेयर जम्मा गरेको छ । कम्पनीको पौष २९ गते सम्पन्न २४औं वार्षिक साधारणसभाबाट पारित आर्थिक वर्ष २०७६/७७ को ५ प्रतिशत बोनस सेयर बुक क्लोज मिति भन्दा अघिल्लो दिनसम्म सेयर अभौतिकिकरण गराएका सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा गरिएको हो ।
साथै सो मिति पश्चात सेयर अभौतिकिकरण गराएका सेयरधनीहरुको हकमा क्रमशः सेयरधनीको सम्बन्धित हितग्राही खातामा उक्त सेयर जम्मा हुने व्यवस्था गरिएको हुँदा हालसम्म पनि सेयर अभौतिकिकरण नगरेका सेयरधनीहरुलाई सेयर अभौतिकिकरण गराउन पनि संस्थाले आग्रह गरेको छ । कम्पनीको सेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै