एभरेष्ट बैंकद्धारा ‘डिजिटल संसार’ को शुभारम्भ, गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने उद्देश्य

काठमाडौँ । एभरेष्ट बैंकले ‘डिजिटल संसार’ को शुभारम्भ गरेको छ । बैंकले बानेश्वर स्थित एभरेष्ट बैंकको साविकको स्थानबाट करिब १५० मिटर पश्चिम आफ्नै नव निर्मित अत्याधुनिक सुविधा सम्पन्न भवनमा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ तथा सेवाहरू सुचारु गरेसँगै एकै स्थानबाट सम्पूर्ण डिजिटल प्रविधि चलाउन मिल्ने ‘डिजिटल संसार’ को शुभारम्भ गरेको हो ।

बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बाल गोपाल वैद्यले समुद्घाटन गर्दै बैंक विश्वासको सहयात्री भएको  र सो आसपासका बासिन्दाहरूलाई सरल, उत्कृष्ट, अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने प्रतिबद्धता व्यक्त गरका छन् ।

डिजिटल संसारमा बैंकिङ क्षेत्रको हाल सम्मकै अत्याधुनिक प्रणाली जडित उपकरण मार्फत ग्राहकवर्गलाई डिजिटल सेवा दिने व्यवस्था गरेको छ ।

बैंकले सो स्थानको सुरुवातसँगै ग्राहकहरूले एकै स्थानबाट खाता खोल्ने, नगद कारोबार गर्ने, चेक डिपोजिट गर्ने साथ साथै सेवा सम्बन्धी गुनासोसम्म डिजिटल प्रविधि प्रयोग गरी गर्न सक्ने व्यवस्था रहेको  जनाएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्