PRABHU BANK

वाणिज्य बैंकका कर्मचारीहरूले बुझे एक वर्षमै ६६ अर्ब रुपैयाँभन्दा बढी तलब

काठमाडौँ । वाणिज्य बैंकका कर्मचारीहरूले एक वर्षमै ६६ अर्ब रुपैयाँभन्दा बढी तलब पाएका छन् । बैंकहरुले सार्वजनिक गरेको तथ्याङ्कअनुसार बैंकका कर्मचारीहरूले गत आर्थिक वर्षमा मात्रै ६६ अर्ब ६ करोड ४० लाख १३ हजार रुपैयाँ तलब पाएका हुन् ।

जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १७.४६ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकका कर्मचारीहरूले ५६ अर्ब २४ करोड १२ लाख २० हजार रुपैयाँ तलब पाएका थिए ।

पछिल्लो तथ्याङ्क अनुसार वाणिज्य बैंकमा ४५ हजार जना कर्मचारी कार्यरत छन् । गत आर्थिक वर्षमा कर्मचारीहरूलाई भुक्तान गरिएको तलबका आधारमा एक जना बैंकरले औसत १४ लाख ६६ हजार रुपैयाँसम्म बुझेको देखिन्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै