PRABHU BANK

सिटिजन्स बैंकद्वारा वित्तीय सचेतना भिडियो सार्वजनिक, ग्राहकमाझ चेतना अभिवृद्धि गर्ने बैंकको विश्वास

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलले वित्तीय सचेतना भिडियो सार्वजनिक गरेको छ । बैंकिङ क्षेत्रमा बढ्दो ठगीको सम्बन्धमा सर्वसाधारण ग्राहकमाझ सचेतना जगाउन ‘सचेत सिटिजन नै हो सेफ सिटिजन’ अभिप्राय साथ बैंकले वित्तीय सचेतना भिडियो सार्वजनिक गरेको हो ।

त्यस्तै, विभिन्न बहानामा ग्राहकहरुसँग पासवर्ड, ओटीपी, खाताको विवरणहरु माग्ने र ग्राहकहरुलाई चिठ्ठा तथा अन्य बहुमूल्य सामानहरु जितेको भन्दै प्रलोभनमा पारेर ठगी गर्ने गिरोहको सक्रियता बढिरहेको सन्दर्भमा सचेतना भिडियो सार्वजनिक गरेको हो ।

यो https://www.facebook.com/ctznbank/videos/3784874905093454 सचेतना भिडियोले पछिल्लो समय बढ्दै गरेका गैरकानुनी गतिविधिहरु न्युनीकरण गर्ने र ग्राहकहरुमा चेतना अभिवृद्धि गर्ने बैंकले विश्वास लिएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले काठमाडौँमा आयोजित सातै प्रदेशका प्रदेश प्रमुख, क्लस्टर हेड, शाखा प्रबन्धक लगायत विभागीय प्रमुखहरु एवं उच्च व्यवस्थापन उपस्थित रहेको स्ट्राटेजिक ग्रोथ एण्ड अपरेसनल एक्सिलेन्स कन्फरेन्समा उक्त भिडियो सार्वजनिक गरेका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै