PRABHU BANK

कुमारी बैंकका ग्राहकहरूलाई समाज डेन्टल हस्पिटलमा १० प्रतिशतसम्म छुट

काठमाडौँ । कुमारी बैंकका ग्राहकहरूलाई समाज डेन्टल हस्पिटलमा छुट हुने भएको छ । बैंकका ग्राहकहरूलाई नयाँ बानेश्वर, काठमाडौँस्थित समाज डेन्टल हस्पिटलमा १० प्रतिशतसम्म छुट हुने भएको हो ।

बैंक र हस्पिटलबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकहरूले समाज डेन्टलका नयाँ बानेश्वर, जावलाखेल चोक ललितपुर, राधेराधे भक्तपुर, सनसिटी पेप्सीकोला, बसुन्धरा चौकी काठमाडौँ , सीतापाइला चोक काठमाडौँ, बौद्ध जोरपाटी, कौशलटार भक्तपुर, इमाडोल ललितपुर, बनेपा काभ्रे स्थित सेवा केन्द्रबाट सेवा लिए बापत कुमारी बैंकको डेबिट क्रेडिट कार्ड अथवा क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै, कुमारी बैंकका ग्राहकहरूलाई उक्त सेवा केन्द्रहरूमा रजिष्ट्रेसन शुल्क र चिकित्सक सल्लाह शुल्क निस् शुल्क रुपमा उपलब्ध हुनेछ । यस सुविधाबाट सेवाग्राहीले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदैँ आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै