PRABHU BANK

सिटिजन्स बैंकको नाफा घट्यो, प्रतिसेयर नेटवर्थ कति ?

काठमाडौँ । सिटिजन्स बैंकको नाफा घटेको छ । बैंकको नाफा २७.९७ प्रतिशतले घटेको हो ।

बैंकको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म १ अर्ब ३४ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको उक्त अवधिमा बैंकले १ अर्ब ८६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसैगरी बैंकको खुद ब्याज आम्दानी पनि घटेको छ । बैंकको खुद ब्याज आम्दानी २.४४ प्रतिशतले घटेको हो ।

यता बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ३ रुपैयाँ ६७ पैसाले घटेर ९ रुपैयाँ ४५ पैसा कायम भएको छ । साथै, बैंकको प्रतिसेयर नेटवर्थ १ सय ५१ रुपैयाँ ८१ पैसा रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै