PRABHU BANK

महालक्ष्मी विकास बैंकले ९.९९ प्रतिशत ब्याजदरमा कर्जा दिने

काठमाडौँ । महालक्ष्मी विकास बैंकले कर्जा योजना ल्याएको छ । बैंकले घर, व्यवसाय, सवारी र हरित कर्जामा एकल अङ्कको ब्याजदरको योजना ल्याएको हो । बैंकले कर्जाको ब्याजदर ९.९९ प्रतिशत तोकेको छ ।

बैंकले महालक्ष्मी घर कर्जा अन्तर्गत आवासीय व्यापारिक घरजग्गा खरिद गर्न, घर निर्माण गर्न, अर्पाटमेन्ट खरिद गर्न, घर थप पुननिर्माण, मर्मत सम्भार गर्न न्यूनतम २ देखि अधिकतम ३० वर्ष अवधिका लागि ५ करोडसम्मको कर्जा दिने जनाएको छ ।

त्यस्तै, साना तथा मझौला व्यवसायीको माग सम्बोधन गर्न बैंकले १ देखि १५ वर्ष अवधिसम्मका लागि ९.९९ प्रतिशत ब्याजदरमा व्यावसायिक कर्जा योजना ल्याएको हो । विद्युतीय सवारीको बढ्दो मागलाई लक्षित गर्दै भ्याट बिल वा कोटेसन मूल्यको ८० प्रतिशत जुन कम हुन्छ सो बराबरको कर्जा प्रदान गर्ने बैंकले जनाएको छ ।

ग्राहकले यस अन्तर्गत ३ करोड रुपैयाँसम्म कर्जा लिन सक्नेछन्। विद्युतीय बाहेकका सवारीमा भने ग्राहकले कोटेसन मूल्यको ५० प्रतिशतसम्म कर्जा पाउनेछन् । कर्जाका लागि क्यूआरमार्फत निवेदन दिन सकिने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै