PRABHU BANK

बैंकिङ कसुर मुद्दाका फरार एक जना युवक पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका ४ घर भई कलङ्की बस्दै आएका ३२ वर्षीय किरन सिंह साउद रहेका छन् ।

साउदलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले कालिमाटीबाट पक्राउ गरेको हो ।

अपराध अनुसन्धान कार्यालयले पक्राउ परेका व्यक्तिको थप अनुसन्धान र कारबाहीका लागि कञ्चनपुर पठाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै