PRABHU BANK

कुमारी बैंकको क्युआर कोड सेवा शान्तिनगरस्थित तरकारी बजार पशुपति एग्रो मार्टमा

Kumari Bank
  • बैंकिङ संसार
काठमाडौं । कुमारी बैंकले शान्तिनगरस्थित तरकारी तथा फलफूल बजार पशुपति एग्रो मार्टमा मोबाइल फोनबाट सहज र सुरक्षित क्युआर कोड भुक्तानी सेवाको विस्तार गरेको छ । बैंकका संचालक समितिका अध्यक्ष अमिर प्रताप ज.ब राणाको सभापतित्व तथा पशुपति एग्रो मार्टका अध्यक्ष राजु कुमार खत्रीको प्रमुख आतिथ्यमा सो क्यूआर स्ट्याण्ड तरकारी व्यवसायीहरुलाई हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । बैंकले हालसम्म १ सय ९३ वटा शाखा सञ्जाल, १ सय ६५ वटा एटिएम, २५ वटा शाखारहित बैंकिङ ईकाई तथा १३ वटा एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै