PRABHU BANK

कुमारी बैंकका ग्राहकलाई बुद्ध एयरकाे टिकटमा ८ प्रतिशत छुट

काठमाडौँ । कुमारी बैङ्क लिमिटेड र बुद्ध एयर बीच ग्राहकलाई छुटदिने बारे सम्झौता भएको छ । कुमारी बैंक र बुद्ध एयर बिच कार्डकाहक ग्राहक र उनीहरूका परिवारका सदस्यहरूलाई बुद्ध एयरबाट यात्रा गर्दा टिकटमा ८ प्रतिशत सर्तसहित छुट दिइने बारे सम्झाैता भएकाे हाे ।

कुमारी बैङ्कको डेबिट-क्रेडिट-प्रिभिलेज कार्ड साथमा भएका ग्राहक र उनीहरूको परिवार (बुवा, आमा, श्रीमती, छोरा-छोरी) ले कुमारी बैङ्कको डेबिट-क्रेडिट कार्ड अथवा क्युआर कोड प्रयोग गरी बुद्ध एयरको काउन्टरबाट प्लेन टिकट खरिद गर्दा उक्त छुट प्राप्त गर्न सक्ने बैंकले जनाएकाे छ । याे सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत प्राप्त गर्नेमा बैंककाे विश्वास छ ।

कुमारी बैंकले देशभर रहेका ३०२ शाखा, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैङ्किङ इकाईहरू मार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेकाे छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै