PRABHU BANK

नेपाल एसबिआई बैंकद्वारा मेयर शैक्षिक विकास कोषमा आर्थिक सहयोग

काठमाडाैं । नेपाल एसबीआई बैंकले मेयर शैक्षिक विकास कोषमा आर्थिक सहयोग गरेकाे छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम (सीएसआर) अन्तर्गत धनगढीको एक सामुदायिक विद्यालयमा छात्राहरूलाई पोसाक उपलब्ध गराउने उद्देश्यले मेयर शैक्षिक विकास कोषमा आर्थिक सहयोग गरेकाे हाे ।

बैंकका धनगढी शाखा प्रबन्धक, विजय महर्जनले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई औपचारिक रूपमा सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

सामाजिक उत्तरदायित्व कार्यक्रम कार्यक्रम अन्तरर्गत बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख, सन्तोष कुमार भण्डारी लगायत बैंकका पदाधिकारीहरूको उपस्थितिमा सम्पन्न भएको थियो । बैंकले दिगो विकास हासिल गर्ने तथा सबैका लागि समावेशी र गुणस्तरीय शिक्षाको प्रवर्द्धन गर्ने उद्देश्यका साथ शिक्षा क्षेत्रमा बिभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेकाे छ ।

नेपाल एसबीआई बैंकले हाल देशैभर १ सय शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सहज सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै