PRABHU BANK

नेपाल एसबिआई बैंकले पायो बैंकिङ क्षेत्रतर्फको सिल्भर अवार्ड

काठमाडौँ । नेपाल एसबिआई बैंकले राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड पाएको छ । बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आईक्यान) बाट ‘राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२३’ पाएको हो ।

नेपाल एसबिआई बैंकले बैंकिङ क्षेत्र तर्फको सिल्भर अवार्ड पाएको छ ।  आइक्यानले बैंकलाई बैंकिङ सेक्टरमा उत्कृष्ट वित्तीय विवरण प्रकाशन गरेकोमा उक्त प्रतिष्ठित अवार्ड प्रदान गरेको हो ।

अर्थमन्त्री विष्णु पौडेलले बैंकका प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देलाई सो अवार्ड प्रदान गरेका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै