PRABHU BANK

एकैदिन ११ अर्ब रुपैयाँले बढ्यो बैंकिङ प्रणालीको निक्षेप संकलन

काठमाडौं । बैंक तथा वित्तिय संस्थाको निक्षेप सङ्कलन बढेको छ ।  नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तिय संस्थाको निक्षेप सङ्कलन एकैदिन ११ अर्ब रुपैयाँले बढेको हो ।

गत असार ३० गते ६४ खर्ब ८२ अर्ब बराबरको निक्षेप संकलन भएकोमा एकैदिन ११ अर्ब निक्षेप बढेर असार ३१ गते बैंकिङ प्रणालीमा ६४ खर्ब ९३ अर्ब निक्षेप संकलन भएको छ ।

सो अवधीमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह ९ अर्बले बढेको छ । आइतबार ५१ खर्ब ६० अर्ब प्रवाह भएकोमा सोमबारसम्म ५१ खर्ब ६९ अर्ब कर्जा प्रवाह भएको राष्ट्र बैंककाे तथ्यांकले देखाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै