PRABHU BANK

‘बैंकको ब्याजदर सस्तो हुँदैमा लगानी बढ्ने भन्ने होइन’: डा. अनलराज भट्टराई

काठमाडौँ । पूर्व बैंकर डा. अनलराज भट्टराईले बैंकको ब्याजदर सस्तो हुँदैमा लगानी नबढ्ने बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै डा. भट्टराईले बैंकको ब्याजदर सस्तो हुँदैमा लगानी नबढ्ने र लगानी बढ्नका लागि देशमा लगानीको वातावरण हुनुपर्ने बताएका हुन् ।

ब्याजदर एकल अङ्कमा आइसक्दा पनि बैंकहरुले कर्जा लगानी गर्न नसको भन्दै डा. भट्टराईले अब देशमा लगानीको वातावरण बनाउन तिर ध्यान दिनुपर्ने बताएका छन् ।

अहिले ३० प्रतिशतभन्दा बढी अर्थतन्त्र अनौपचारिकमा क्षेत्रमा रहेकोले यसलाई औपचारिकमा ल्याएर देशमा राज्यले लगानीको वातावरण बनाउनुका साथै शिथिल अर्थतन्त्रलाई समयमै लयमा फर्काउन सबैको पहल गर्नुपर्ने बताएका छन् ।

निजी क्षेत्रको आत्मबल बढाउनुपर्ने बताउँदै भट्टराईले बैंकहरूको लगानी वृद्धि गर्ने र बजेटले लिएको ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्नुपर्ने गरी मौद्रिक नीति आउनुपर्ने पनि उनको भनाई छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै