PRABHU BANK

प्रभु बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने, कहाँ-कहाँबाट दिन पाईन्छ आवेदन ?

Prabhu Bank
  • बैंकिङ संसार
काठमाडौं । प्रभु बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले जेठ ११ गतेदेखि ४ अर्व रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४० लाख इकाई ऋणपत्र जारी गर्न लागेको हो । यसमध्ये २५ सय इकाई ऋणपत्र म्युचुअल फन्डलाई दिइएको छ भने २४ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ र बाँकी १६ लाख ७७ हजार ५०० इकाईमा सर्वसाधारणलाई बिक्री गर्ने भएको छ ।
बैंकले १० वर्ष अवधिको ‘प्रभु बैंक डिबेन्चर २०८७’ जारी गर्न लागेको हो । उक्त ऋणपत्रको ब्याजदर वार्षिक ८ दशमलव ५ प्रतिशत हुने भएको छ । लगानीकर्ताले उक्त ऋणपत्रमा जेठ ११ गतेदेखि छिटोमा जेठ १६ गतेसम्म र ढिलोमा जेठ २६ गतेसम्म आवेदन दिन सक्ने भएका छन् । उक्त्त ऋणपत्रमा न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । उक्त ऋणपत्रको बिक्री प्रबन्धकको काम मेगा क्यापिटलले गर्नेछ । प्रभु बैंकलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ ट्रिपल बी’ रेटिङ दिएको छ । उक्त ऋणपत्रमा सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै