PRABHU BANK

सिटिजन्स बैंकले ल्यायो घर कर्जा योजना, ८.९९ प्रतिशत ब्याजदर ७ वर्षसम्म स्थिर रहने

काठकाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नयाँ घर कर्जा योजना ल्याएको छ । बैंकले ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने उद्घोषका साथ  ७ वर्षको लागि स्थिर रहने गरी ८.९९ प्रतिशत प्रतिवर्ष घर कर्जा योजना बिहीबार सार्वजनिक गरेको हो ।

उक्त योजना अन्तर्गत कायम रहेको व्याजदर ७ बर्षसम्म स्थिर रहने बैंकले जनाएको छ । ७ वर्ष पछि भने बैंकको प्रचलित औसत मासिक आधार दरमा १५ प्रिमियम दर थप गरि ब्याजदर कायम गरिने कुरा बैंकका प्रमुख कर्जा अधिकृत सुमन मुलेपतिले जानकारी गरेका छन् ।

यस आकर्षक योजनामा सहभागी हुनको लागी नजिकको आफ्नो पायक पर्ने सिटिजन्स बैंकको कुनैपनी शाखा कार्यालयमा पुगेर सुविधा उपभोग गर्न सक्ने छन् । यस घर कर्जा सुविधा उपभोग गर्नुहुने ग्राहकहरूलाई निःशुल्क क्रेडिट कार्ड, डेबिट कार्ड र पहिलो वर्षको लागि लकर सुविधा शुल्कमा ५० प्रतिशत सर्तसहितको छुट रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै