PRABHU BANK

गरिमा विकास बैंकद्वारा अन्तर्राष्ट्रिय क्यूआर पेमेन्ट सुविधाको सुरूवात

काठमाडौँ । गरिमा विकास बैंकले अन्तर्राष्ट्रिय क्यूआर पेमेन्ट सुविधाको सुरूवात गरेको छ । बैंकले फोन पेसँगको सहकार्यमा नेपाल आएका भारतीय पर्यटकलाई लक्षितगरी क्यूआर पेमेन्ट सुविधाको सुरूवात गरेको हो ।

बैंकले क्यूआर मर्चेन्ट मार्फत भुक्तानी सेवा प्रदान गर्न अन्तरदेशीय क्यूआर पेमेन्ट प्रणालीको २०८१ साउन १ गतेदेखि लागू हुने गरी शुभारम्भ गरेको हो ।

यस सेवा अन्तर्गत, भारतीय ग्राहकहरूले बिएचआइएम र फोन पेलगायतका भारतीय भुक्तानी सेवा प्रदायकबाट गरिमा विकास बैंकको क्यूआर कोड स्क्यान गरी नेपालका विभिन्न व्यापारिक स्थलहरूमा सुरक्षित र सुविधाजनक रुपमा रकम भुक्तानी गर्न सक्नेछन् ।

बैंकले यो सेवा छिटो, छरितो र भरपर्दो रुपमा उपलब्ध गराउन आफ्ना व्यवसायिक ग्राहकसँग सहकार्य गरेको हो । यस प्रकारका सेवाहरूले नेपाल र भारतबीचको आर्थिक तथा पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै नेपालको आर्थिक र पर्यटन क्षेत्रको विकासमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा विकास बैंकले राखेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै