PRABHU BANK

एनएमबी बैंकले ७ वर्षको अवधिका लागि ईभी अटो लोन दिने

काठमाडौँ । एनएमबी बैंकले ईभी अटो लोन दिने भएको छ । बैंकले ७ वर्षको अवधिका लागि ८.९९ प्रतिशत निश्चित ब्याजदरमा ईभी अटो लोन दिने भएको हो ।

बैंकले नेपालमा विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले कम ब्याजदरमै लोन उपलब्ध गराउने भएको छ ।ग्राहकहरूले अब सजिलै आफ्नो विद्युतीय सवारी साधन फाइनान्सगरी दिगो भविष्यतर्फ योगदान दिन सक्नेछन् ।

त्यस्तै, लचिलो भुक्तानी विकल्पहरू र द्रुत स्वीकृति प्रक्रियासहित ग्राहकहरूले सजिलै एनएमबी सुलभ अटो लोन लिन सक्नेछन् ।

एनएमबी बैंकले हाल देशभरी २ सय १ शाखाहरू, १ सय ८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै