PRABHU BANK

सिटिजन्स बैंकका ग्राहकलाई ब्लु क्रस डेन्टलमा २० प्रतिशत छुट

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकहरूले ग्वार्को, काठमाडौँस्थित ब्लु क्रस डेन्टल क्लिनिकको सेवामा छुट पाउने भएका छन् । बैंक र क्लिनिकबीच ग्राहकहरूलाई छुट दिने बारे समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारी अनुसार सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकहरूले ब्लु क्रस डेन्टल क्लिनिकमा २० प्रतिशत सम्मको छुट पाउने बैंकले जनाएको छ । सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने बैंकको विश्वास छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहक मैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै