PRABHU BANK

वाणिज्य बैंकहरुबाट २ खर्ब बढी घरजग्गा कर्जा प्रवाह, सबैभन्दा कम कर्जा प्रवाह गर्नेमा माछापुच्छ्रे बैंक

काठमाडौँ । वाणिज्य बैंकहरुबाट २ खर्ब बढी घरजग्गा कर्जा प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ११ महिना जेठसम्म वाणिज्य बैंकहरुबाट २ खर्ब १७ अर्ब ११ करोड रुपैयाँ घरजग्गा कर्जा प्रवाह भएको हो ।

सो अवधिमा सबैभन्दा धेरै एनआईसी एसिया बैंकले घरजग्गा कर्जा प्रवाह गरेको छ । यस बैंकले ११ महिनामा २९ अर्ब ७ करोड ८८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

त्यस्तै, दोस्रोमा सबैभन्दा धेरै नेपाल इन्भेस्टमेन्ट बैंकले घरजग्गा कर्जा प्रवाह गरेको छ । यस बैंकले २४ अर्ब ४ करोड १८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। यसैगरी नबिल, प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई बैंकले पनि सर्वाधिक घरजग्गा कर्जा प्रवाह गरेका छन् ।

यता सबैभन्दा कम कर्जा प्रवाह गर्नेमा माछापुच्छ्रे बैंक रहेको छ । यस बैंकले सो समयमा १ अर्ब ५७ करोड ७८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै