PRABHU BANK

माछापुच्छ्रे बैंकको एटिएम तोडफोडको अभियोगमा दुई जना पक्राउ

काठमाडौँ । माछापुच्छ्रे बैंकको एटिएम मेसिन तोडफोडको अभियोगमा  दुई जना पक्राउ परेका छन् । प्रहरीले बुढानीलकण्ठ नगरपालिका ३ रुद्रेश्वर चोकस्थित बैंकको एटिएम मेसिन तोडफोड गरेको अभियोगमा ३४ वर्षीय श्यामबहादुर घले र १९ वर्षीय सुजन तामाङलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार उनीहरूले  एटिएम तोडफोड गरेर भाग्दै गरेका थिए ।

उक्त व्यक्तिहरूलाई भाग्दै गरेको अवस्थामा बुधबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै