PRABHU BANK

कृषि विकास बैंकले कर्जा नतिर्ने ग्राहकलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा राख्दै

काठमाडौँ । कृषि विकास बैंकले कर्जा नतिर्ने कर्जा ग्राहकलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा राख्न लागेको छ । बैंकको ताप्लेजुङ शाखाले कर्जा लिएका कर्जा ग्राहकहरूलाई पटकपटक ताकेता गर्दा पनि कर्जाको साँवा ब्याज लगायत अन्य रकम भुक्तान नगरेका कारण कर्जा सूचना केन्द्रको कालोसूचीमा राख्न लागेको हो ।

ऋणीहरुले कुनै चासो नदेखाई बेवास्ता गरेकाले बैंकले ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरेको हो ।

बैंकले असार २६ गते एक सूचना जारी गर्दै ३५ दिनभित्र बैंकमा सम्पर्क राखी बैंकबाट लिएको कर्जाको सम्पूर्ण साँवा व्याज र अन्य दस्तुर चुक्ता भुक्तान गर्न आग्रह गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै