PRABHU BANK

नबिल बैंकले मानव सेवा आश्रमलाई प्रदान गर्यो दुई थान उद्धार वाहन

काठमाडौँ । नबिल बैंकले मानव सेवा आश्रमलाई दुई थान उद्धार वाहन प्रदान गरेको छ । बैंकले मानव सेवा आश्रमलाई केही सहज होस् भन्ने उद्देश्यले दुई थान उद्धार वाहन प्रदान गरेको हो ।

बैंकका अध्यक्ष उपेन्द्र पौड्याल, सञ्चालक निर्वाण चौधरी, प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुंगाना र नायब प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले संयुक्त रूपमा मंगलबार एक  कार्यक्रमबीच गाडीको साँचो काठमाडौँको बोहोराटार स्थित मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीलाई हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा बैंकका अध्यक्ष पौड्यालले मानव सेवा आश्रमको कार्य सराहनीय रहेको जनाएका थिए । साथै, उनले राज्यसँगै नागरिक र संस्थाहरूको पनि उत्तिकै उत्तरदायित्व रहेको उल्लेख गरेका छन् ।

मानव सेवा आश्रमका अध्यक्ष अधिकारीले उद्धार वाहनको अभावमा सडक आश्रित व्यक्तिहरूको उद्धार गर्न कठिन भएको अनुभव सुनाएका छन् । बैंकबाट प्राप्त गाडीहरूले सेवालाई सहज र शीघ्र बनाउन सहयोग पुग्ने बताएका छन् ।

उनले भने, ‘सडक आश्रित व्यक्तिहरूको उद्धार तथा उपचारका लागि ट्याक्सी लगायतका सवारी साधनले आनाकानी गर्दा समस्या भइरहेको थियो । अब यी गाडी प्राप्त भएपछि सेवा सहज र शीघ्र बनाउन सकिने विश्वास छ, यस पुण्य कार्यका लागि नबिल बैंकप्रति हामी आभारी छौ ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै