परिवर्त्य विदेशी मुद्रा भनेको के हो ?

काठमाडौँ । विदेशी विनिमय कारोबारको इजाजतपत्र प्राप्त गरेका बैंक तथा वित्तीय संस्था तथा अन्य इजाजतपत्र प्राप्त संस्थाबाट सटही गर्न सकिने गरी दैनिक रुपमा विनिमय दर प्रकाशित गरिने नेपाल राष्ट्र बैंकबाट तोकिएको विदेशी मुद्रालाई परिवर्त्य विदेशी मुद्रा भनेर चिनिन्छ। नेपालमा हालको व्यवस्थाअनुसार २० वटा विदेशी मुद्रा परिवर्त्य विदेशी मुद्राका रुपमा रहेका छन् ।

जसमा अमेरिकी डलर, अस्ट्रेलियन डलर, सिङ्गापुर डलर, चाइनिज युआन, डेनिस क्रोनर, बहराइन दिनार, क्यानडियन डलर, मलेसियन रिङ्गिट र ब्रिटिस पाउन्ड स्टर्लिङ छन् ।

त्यस्तै, युरो, स्विस फ्रयाङ्क, यूएई दिराम, कतारी रियाल, स्विडिस क्रोनर, हङकङ डलर, दक्षिण कोरियन वन, साउदी अरब रियाल, थाइ भाट, कुवेती दिनार र जापानी येन पनि नेपालमा परिवर्त्य मुद्राका रुपमा चिनिन्छ । यो हेर्नुहोस्:

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्