PRABHU BANK

नबिल बैंक लिमिटेडद्धारा आफ्नो स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर लिलामीमा

Nabil Bank
  • बैंकिङ संसार
काठमाडौं । नबिल बैंक लिमिटेडले १ लाख ९० हजार ६५३ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको उक्त संस्थापक सेयर असार ६ गते (आज) देखि लिलामीमा ल्याएको हो । उक्त सेयर कम्पनीले असार १५ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी लिलामीमा ल्याएको हो ।
प्रतिकित्ता न्यूनतम मूल्य ७५० रुपैयाँ तोकिएको यो सेयर खरिदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्न सकिने भएको छ । बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिनेछ । उक्त संस्थापक सेयर विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै