PRABHU BANK

‘अर्थतन्त्रमा देखिएका सबै समस्याहरु मौद्रिक नीतिले समाधान गर्छ भन्ने भ्रममा नपरौँ’: गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा देखिएका सबै समस्याहरु मौद्रिक नीतिले मात्रै समाधान गर्न नसक्ने बताएका छन् । बिहीबार राष्ट्र बैंकले आयोजना गरेको ‘आर्थिक वर्ष २०८१-८२ को मौद्रिक नीति तर्जुमाको लागि अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

गभर्नर अधिकारीले अर्थतन्त्रका सबै समस्या समाधानको भार मौद्रिक नीतिले बाेक्न नसक्ने भन्दै अर्थतन्त्रमा देखा परेका विद्यमान समस्याहरु मौद्रिक नीतिले मात्रै समाधान गर्न नसक्ने बताएका छन् ।

उनले भने, ‘अर्थतन्त्रका केही समस्या समाधानमा मौद्रिक नीतिले केही भूमिका खेल्ने भए पनि जादुको छडी जस्तो चट्ट निको पार्न सक्दैन ।’ उनले बैंकमा सहकारी क्षेत्रको समस्याको प्रभावसँगै कर्जा लिएर तिर्नु पर्दैन भन्ने समूहको आन्दोलनको प्रभाव परेको पनि जानकारी दिएका छन् ।

‘मौद्रिक नीति मार्फत अर्थतन्त्र चलायमान बनाउने कुरामा केन्द्रिय बैंक सचेत रहेको छ, तर अर्थतन्त्रमा देखिएका सबै समस्याहरु मौद्रिक नीतिले समाधान गर्छ भन्ने भ्रममा नपरौँ’ गभर्नर अधिकारीले भने ।

उनले अर्थतन्त्रका समस्या समाधान गर्न सरकार लगायत प्रत्ययक व्यक्ति र संस्था पनि उत्तिकाै जिम्मेवार हुनुपर्ने बताएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै