PRABHU BANK

नास आईटीको पहिलो दिगो साझेदार बन्यो ग्लोबल आईएमई बैंक

काठमाडैं । ग्लोबल आईएमई बैंक र नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) दिगो साझेदार बनेका छन् । बिहीबार नास आईटीले ग्लोबल आईएमई बैंकलाई दिगो साझेदारको रूपमा घोषणा गरेको हो ।

यस साझेदारी मार्फत ग्लोबल आईएमई बैंकले नास आईटी सदस्य कम्पनीहरूद्वारा विकसित नवीनतम प्रोडक्टहरू र सफ्टवेयरहरूको पहुँच प्राप्त गर्नेछ बैंकले जनाएको छ । नास आईटीमार्फत बैंकको डिजिटल बैङ्किङ र आईटी टोलीले प्राविधिक प्रगति सम्बन्धित सल्लाहहरू प्राप्त गर्ने सम्झोता भएको छ ।

नास आईटी सदस्य कम्पनीहरूले बैंकबाट अनुकूलित वित्तीय सोलुसनहरू र विशेष सेवा प्राप्त गर्नेछन् भने ग्लोबल आईएमई बैंक नास आईटीको नवस्थापित दिगो कोषलाई सहयोग गर्ने पहिलो दिगो साझेदार पनि बनेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै