PRABHU BANK

सिटिजन्स बैंकको १९३औँ शाखा पोखराको बिरौटामा सञ्चालन

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पोखरामा नयां शाखा विस्तार गरेको छ । बैंकले आफ्नो १९३औँ शाखा गण्डकी प्रदेश, कास्कीको पोखरा महानगरपालिकाको बिरौटामा सञ्चालनमा ल्याएको हो ।

बैंकले नयां शाखा विस्तार गरेसँगै गण्डकी प्रदेशभरि सञ्चालनमा रहेका शाखाहरू १४ पुगेका छन् । बिहीबार एक कार्यक्रमका बिच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले नयाँ शाखाको शुभारम्भ गरेका छन् ।

नयाँ शाखा सञ्चालनको अवसरमा यो शाखामा खाता खोल्दा कर्पोरेट मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग जस्ता सेवाहरू पहिलो वर्ष निःशुल्क प्राप्त गर्न सकिनेछ बैंकले जनाएको छ ।

डि-म्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षको लागि छुटको व्यवस्था गर्नुका साथै लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २५ प्रतिशत र पहिलो वर्ष लकर शुल्कमा ५० प्रतिशत छुट उपलब्ध रहेको अधिकृत पोखरेलले बताएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै