- बैंकिङ संसार
काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले १३०औं शाखा बुढानिलकण्ठको वडा न. ६ स्थित गणेश चोकमा संचालनमा ल्याएको हो । बैंकले यस शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य लिएको छ ।
हालसम्म बैंकले ४८ जिल्लामा १३० शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १५९ एटिएम, २५०० भन्दा बढि रेमिट्यान्स एजेन्ट तथा ६१ शाखा रहित बैंकिङ एजेन्टहरुमार्फत बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।