PRABHU BANK

बैंकिङ प्रणालीको निक्षेप ६२ खर्ब भन्दा बढी, सीडी रेसियो कति ?

काठमाडौँ । बैंकिङ प्रणालीको निक्षेप संकलन ६२ खर्ब ८८ अर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार बैंकिङ प्रणालीको निक्षेप असार १० गतेसम्म ६२ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको हो ।

वाणिज्य बैंकहरुको निक्षेप संकलन ५६ खर्ब ६८ अर्ब रुपैयाँ कायम भएको छ । यता वाणिज्य बैंकहरुको कर्जा प्रवाह पनि बढेको छ । यो अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४ अर्ब रुपैयाँले बढ्दै ४५ खर्ब ४८ अर्ब रुपैयाँ पुगेको छ ।

त्यस्तै, अन्य वित्तीय संस्थाको निक्षेप संकलन स्थिर रहेको छ । अन्य वित्तीय संस्थाको निक्षेप संकलन ७ खर्ब २० अर्ब रहेको छ ।

बैंकिङ प्रणालीको कर्जा प्रवाह भने बढेको छ । गत असार ९ गतेसम्म ५१ खर्ब ३७ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा असार १० गतेसम्म भने ५१ खर्ब ४१ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह भएको छ । असार ९ गतेसम्म ७९.५८ प्रतिशत रहेको सीडी रेसियो बढेर ७९.६५ प्रतिशत कायम भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै